
काठमाडौं, ११ चैत । नेपाल धितोपत्र बोर्डले नेपालका दुई कम्पनीलाई सेयर निष्काशनको अनुमति प्रदान गरेको छ । यसरी बोर्डबाट सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था तथा रिभर फल्स पावर लिमिटेडले सेयर निष्काशनको अनुमति पाएका हुन ।
सिआईसि लघुवित्तले तीन करोड ९५ लाख तेतिस हजार ६०० रुपैयाँ बराबरको तीन लाख ९५ हजार तीन सय छत्तिस कित्ता सेयर निष्काशनको अनुमति पाएको हो । सिवाईसि लघुवित्तको चुक्ता पुँजी ८ करोड ८१ लाख ८ हजार दुईसय रुपैयाँ रहेको छ । सेयर निष्काशनपछि चुक्ता पुँजी १२ करोड १६ लाख पुग्ने भएको छ ।
उता रिभर फल्स पावर कम्पनीले ३४ करोड तीस लाख रुपैयाँ बराबरको ३४ लाख तीस हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीको सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ३५ करोड ७० लाख रुपैयाँ रहेको छ । यसअनुसार ३४ करोड तीस लाख रुपैयाँ बराबरको सेयर निष्काशन हुन लागको हो । सेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ ।
लघुत्तिको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




