आज ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ चैत । आज ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने अन्तिम मिति रहेको छ । चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओका लागि आजसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ ।

सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।