आयाे मुना बजार संचालनमा, किसानका समस्याप्रति सचेत छौं : मुख्यमन्त्री पोखरेल

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



पोखरा, ११ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उत्पादित कृषि बालीहरु बजारको समस्याले गर्दा किसानहरु मारमा परेको बताएका छन् ।

शुक्रबारदेखि पोखराको सृजनाचोकमा सञ्चानमा आएको मुना बजारको उद्घाटन गर्दै उनले उपभोक्ताहरुले मिसावट खाद्यन्नको प्रयोग गर्न बाध्य भएको बताए । उनले किसानका समस्याप्रति प्रदेश सरकार गम्भिर रहेको बताए ।

उनले मुनाबजारले किसानले उत्पादन गरेका स्थानीय तथा बिशुद्ध अर्गानिक खाद्य बस्तुहरुलाई उपभोक्तामाझ पु¥याउन गरेको प्रयास सराहनिय भएको बताए । मुख्यमन्त्री पोखरेललाई लिमिटेडका अध्यक्ष युवराज गुरुङले मुनाबजारमा उपलब्ध खाद्य वस्तुहरुको बारेमा व्रिफ्रिङ गराएका थिए ।

अध्यक्ष गुरुङले नेपालको कृषि उत्पादनलाई प्रबद्धन गर्ने आफूहरुको मुख्य उद्देश्य रहेको र नेपालका प्रमुख शहरहरुमा लिमिटेडले शाखा विस्तार गर्दै जाने बताए । अध्यक्ष गुरुङले नेपालमा उत्पादित खाद्य वस्तुहरुलाई बिश्व बजारमा पु¥याउनु पर्नेमा जोड दिए ।

बजारकी प्रमुख म्यानेजर सीता पाण्डेले मुनाबजारले उत्पादन, संकलन, समन्वय र बजारीकरणमा सघााउने बताउँदै अन्य संस्थाहरुसंग प्रतिस्पर्धा भन्दापनि सहकार्य गर्ने उल्लेख गरिन् । शुभारम्भ कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिग्राम अधिकारी, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, सचिव डा.हरिबहादुरके.सी. लगायतको सहभागिता रहेको थियो ।

मुख्य कार्यालय लतिलपुरको सानेपामा रहेको लिमिटेडले ५५ लाखको लागतमा आफ्नो पाँचौं शाखा पोखरामा सञ्चालनमा ल्याएको हो ।