
काठमाडौं,१४ चैत । बुटवल ११, मिलनचोेक, रुपन्देहीमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्म लिमिटेडले रु.१०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) निष्कासन गर्ने भएको छ । यससम्बन्धी कार्य गर्न एनआईसी एशिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आइपिओ जारी गर्ने यो एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी समेत भएकाे छ।
एन आई सी एशिया क्यापिटलको आइडिया टु आइपिओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र जारी गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षिय सम्झौता भएको जनाइएको छ ।
एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपिओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



