एकैदिन १३०० ले घट्याे सुनकाे भाउ

-



     सफल आवाज    
     चैत्र १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ चैत । अघिल्लो दिन सोमबार घटेर कारोबार भएको सुनचाँदीको भाउमा मंगलबार अझैं गिरावट देखिएको छ ।

साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा झनै गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुनमा रुपैयाँ १३०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

सोमबार रुपैयाँ ४०० ले घटेर तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनमा यसदिन तोलामा रुपैयाँ १३०० ले घटेर तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुन तोलाको १ लाख ५०० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसदिन तेजाबी सुन तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको रुपैयाँ १ लाख निर्धारण गरिएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीको भाउ तोलाको १ हजार ३८० रुपैयाँ तोकिएको थियो ।