दिनदिनै ओरालो लाग्दै सेयर बजार, कारोबार पनि घट्याे

-



     सफल आवाज    
     चैत्र १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ चैत । सेयर बजारको कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारको ओरालो लागेको यात्रा रोकिएन ।

अघिल्लो दिन सोमबार २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा ओर्लिएको नेप्से परिसूचक यसदिन १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा झरेको छ । कारोबार रकममा पनि यसअघिको भन्दा आधा कमि देखिएको छ । सेयर बजारमा लगातार भईरहेको गिरावटले लगानीकर्तालाई बजार कहिले उकालो लाग्ने हो भन्ने चिन्ता बढेको छ ।

नेपाल स्टक एम्सचेन्जका अनुसार नेप्से परिसूचक १४.२६ अंकले बढेर २५२७.५८ विन्दुमा झरेको छ । नेप्सेमा ०.५६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा रहेको छ ।

यसदिन कुल २२५ कमम्पनीहरुको सेयर कारोबार भएको छ । ३८ लाख ९० हजार १३१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७५ करोड ६२ लाख ८ हजार १९९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिनकाे तुलनामा झण्डै आधा कम हो ।

होटल तथा पर्यटन उपसमूहमा मात्रै हरियो लागेको छ । यस उपसमूहतर्फ १५.५२ अंकको बृद्धि देखिएको भएपनि बाँकी १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड ९१ लाख ९९ हजार ५१ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।