
काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७८ मा शंसोधन गरेको जनाएको छ । संशोधित परिपत्रपछि अब काठमाडौं उपत्यकाको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी सामान आयात गर्नका लागि प्रतितपत्र (एलसी) जारी गर्न सकिने भएको छ ।
इजाजत लिएका सरोकारवाला निकायहरुलाई जारी गरिएको एकिकृत परिपत्र २०७८ अनुसार कार्य गर्न गराउन विदेशी विनिमय ऐन २०१९ को दफा १२ को अधिकार प्रयोग गरेर परिपत्र जारी गरिएको बैंकले जनाएको छ ।
एकिकृत परिपत्रमा भएको संशोधनसंगै चोभारको सुख्खा बन्दरगाहबाट अब अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन गर्न भएको हाे। राष्ट्र बैंकले एकिकृत परिपत्र २०७८ को एकिकृत इजाजत प्राप्त परिपत्र ०१-२०७८ को दफा १.१.१ को खण्ड ग अन्तर्गत उपखण्ड ९ थप गरिएको जनाएकाे छ ।
अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतिपित्रमा प्रचलित कानूनी व्यवस्था अनुसार चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने छ ।
यस्तै मेची, विराटनगर, वीरगञ्ज, सिर्सिया सुक्खा बन्दरगाह । भैरहवा भन्सार कार्यालयबाट सामग्री आयात गर्ने गरी प्रतितपत्र जारी भैसकेका मालवस्तुको पैठारीकर्ताको माग भएमा चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिने भएको छ ।









झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




