‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ मा आजबाट आवेदन खुला

-



     सफल आवाज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ चैत । प्राईम कमर्शियल बैंकले आजदेखि “१० प्रतिशत प्राइम डिबेन्चर २०८८” निष्काशन तथा बिक्रीमा ल्याएकाे छ ।

बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा सो ऋणपत्र निष्काशन गरेकाे हाे । जसको समयावधि १० वर्षसम्म रहनेछ । बैंकले प्रतिकित्ता १ हजार मूल्य अंकित दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हो ।

सो ऋणपत्रबाट १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । बाँकी रहने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्प्यक्तिगत तवरले बिक्री गरिने भएको छ ।

सर्वसाधारणका लागि छुट्याईएको सेयरबाट ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । ऋणपत्रमा चाँडोमा चैत २१ तथा ढीलोमा चैतको ३० गतेसम्म आवेदन दिन पाईनेछ ।