
काठमाडौं, १६ चैत । बलेफी डाइड्रोपावर कम्पनीको आजदेखि आईपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।
प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन भएको हो । जस्मध्ये ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि रहेको छ । ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ भने बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।
लगानीकर्ताले छिटोमा चैत २१ तथा ढीलोमा चैतको ३० गतेसम्म आवेदन दिनुपर्नेछ । सेयरमा लगानी गर्न चाहनेले घटिमा १० तथा बढीमा १ लाख कित्तासम्मका लागि आवेदन पेश गर्न सक्नेछन् ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




