बलेफी हाइड्रोको आईपीओमा पहिलो दिनमै मागभन्दा ३.१४ गुणा बढी आवेदन

-



     सफल आवाज    
     चैत्र १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ चैत । बलेफी डाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा तेब्बर बढी आवेदन परेको छ ।

कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्रीमा ल्याएको आईपीओमा सो माग बढी भएको हो । बुधबार अपरान्ह ५ बजेसम्म ४ लाख ३३ हजार ४७१ आवेदन परेका थिए । त्यसबाट ५२ करोड २२ लाख ४८ हजार रुपैयाँ बराबरको ५२ लाख २२ हजार ४८० कित्ता सेयरको माग भईसकेको छ । यो माग सर्वसाधारणका लागि निष्काशन गरिएको १६ लाख ६३ हजार ४५३ कित्ताको ३.१४ गुणा बढी हो ।

प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन भएको हो । जस्मध्ये ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि रहेको छ ।

९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ भने बाँकी हुने १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।

लगानीकर्ताले छिटोमा चैत २१ तथा ढीलोमा चैतको ३० गतेसम्म आवेदन दिनुपर्नेछ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्तासम्मका लागि आवेदन पेश गर्न सक्नेछन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।