एकदिनपछि फेरि सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

-



     सफल आवाज    
     चैत्र १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ चैत । बाह्र हप्तापछि बुधबार सेयर बजारको लय सकारात्मक भएपनि त्यसको ठिक भोलिपल्ट बिहिबार सेयर बजारले पुरानै नकारात्मक लयलाई पछ्याएको छ ।

सन् २०२२ लागेपछि हरेक बुधबार सेयर बजारमा करेक्सन देखिदै आएकोमा बुधबार एकदिन हरियो लागेपनि आज भने लगानीकर्तालाई फेरि निरास बनाएको छ । बजारमा सुधार नहुनाले उनीहरुको मनोवल घटाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेको छ । नेप्सेमा ०.९३ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.६० अंकले घटेर ४७५.४७ विन्दुमा रहेको छ ।

यसदिन कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख ८७ हजार ४५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८९ करोड १ लाख ४ हजार ६८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये व्यापार तर्फ १८.०२ अंकको बृद्धि देखिएको छ । बाँकी १२ वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । सबैभन्दा धेरै जीवन बीमातर्फ १७९.६४ अंको गिरावट भएको छ ।

नीर्जिवन बीमातर्फ ३१.६८ अंकको, विकास बैंकतर्फ १०३.८८ अंकको, होटल तथा पर्यटनतर्फ ७९.४९ अंक र फाइनान्स उपसमूहले ५७.५६ अंकको गिरावट भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी इमर्जिङ नेपाल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड २३ लाख ८४ हजार २४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।