
काठमाडौं, १८ चैत । रिभर फल्स पावरले चैत २७ गतेबाट सेयर निष्काशन गर्न लागेको छ । कम्पनीका अुनसार आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागिएको हो ।
प्रतिसेयर १०० मूल्य अंकित ७ लाख कित्ता सेयर निष्काशन गर्न लागिएको छ ।
लगानीकर्ताहरुले चाँडोमा वैशाख ११ तथा ढीलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि कम्पनीको कार्यालय संखुवासभा, प्राईम मकर्शियल बैंक खाँदवारी, तुम्लिङटार तथा सभापोरी शाखाबाट आवेदन दिन सक्नेछन् ।
यस्तै प्रभु बैंक खाँदवारी, ग्लोबल आइएमई बैंक खाँदवारी र चैनपुरमा रहेको शाखाबाट आवेदन दिन पाईने भएको छ । लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने छन् ।
निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




