बढ्दै सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।छापावाला सुन ताेलामा रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ८०० ले बृृद्धि भएर तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार छापावाला सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी तोलाको ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १० ले बृद्धि भएर तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।