
काठमाडौं, २१ चैत । बलेफी हाइड्रोपावर कम्पनीले निष्काशन तथा बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ । कम्पनीले सर्वसाधारणका लागि चैतको १६ गते आईपीओ निष्काशन गरेको थियो ।
बलेफीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर रुपैयाँ १०० मूल्य अंकित दरमा १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गरेको थियाे।
बिक्रीमा ल्याईएको जम्मा सेयरबाट ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि रहेको छ । ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारणले १६ लाख ६३ हजार ४५३ कित्ताका लागि आवेदन दिन पाउने छन् ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै उनीहरुले मेरो सेयर तथा वेब पेजमा गएर आवेदन पठाउन सक्नेछन् ।
लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बलेफीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




