४६.४६ अंकले घट्यो नेप्से, कारोबारमा झिनो सुधार

-



     सफल आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारमा भारी मात्रामा गिरावट भएको छ । कारोबार रकममा उल्लेखनिय प्रगति नभए पनि अघिल्लो दिनको तुलनामा केहि सुधार भएको छ ।

लगातार नकारात्मक लयमा गएको सेयर बजारको दृश्यले लगानीकर्ताहरुको मनोवल घटाएको छ । बजारमा कहिले सन्तुलन कायम गर्ने हो यो भने पखाईको विषय बनेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेको छ । नेप्सेमा १.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ८.३४ अंकले घटेर ४५८.२२ विन्दुमा रहेको छ ।

यसदिन कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ५८ लाख ४१ हजार ९९८ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल तथा पर्यटन समूहतर्फ मात्रै हरियो लागेको छ । यो समूहको १५.१२ अंकले बढेको छ भने बाँकी रहेका १२ वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड ६७ लाख ९९ हजार ७६८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।