प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ चैत । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्नका लागि आज एक दिन मात्रै बाँकी रहेको छ ।

इन्स्योरेन्सले लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि वैशाख ११ गते २० औं साधारण सभा बोलाएको छ । उक्त साधारण सभा सो दिन बीरगन्जस्थित दियालो लर्डस् प्लाजामा दिउँसो १२.३० वजे डाकिएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बिहिबार बुक क्लोज गर्ने बताएको छ । आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरेर कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने भएका छन् ।

इन्स्योरेन्सको साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर तथा त्यसको करको प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांशसहित ७.३६८ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ ।