
काठमाडौं, २३ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली वजारमा सुनचाँदीको भाउ घटेको छ ।
यसदिन छपावाला सुनको भाउ तोलामा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छावापाला सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ३०० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




