
काठमाडौं, २३ चैत । सन् २०२२ को आरम्भसंगै प्रत्येक बुधबार ओरालो लाग्दै आएको सेयर बजारको आजकाे दृश्यले पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।
तीनवटा सूचकहरुमा हरियो लागेपनि बाँकी सबै राताम्मै भएका छन् । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । नेप्सेमा भईरहेको घट्दो नकारात्मक प्रभावको कारण लगानीकर्ताहरुको मनोवल उठ्न सकेको छैन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २६.०४ अंकले घटेर २४२६.०२ विन्दुमा झरेको छ । नेप्से १.०६ प्रतिशतले घटेको हो भने सेन्सेटिभ इण्डेक्स २.९२ अंकले घटेर ४५५.३० विन्दुमा रहेको छ ।
यसदिन कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ४२ लाख ७६ हजार ७२६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ९४ करोड ५९ लाख १० हजार ६८१ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अघिल्लो लिनको तुलनामा ७२ करोड ५३ लाख २१ हजार ७०७ रुपैयाँले कमि हो ।
कुल १३ उपसमूहरुमध्ये तीन वटामा बाहेक बाँकी १० वटामा रातो लागेको छ । हरियो लागेकाहरुमा होटल तथा पर्यटन समूहतर्फ ६५.३९ अंकले, अन्य सूमहतर्फ ८.३८ अंकले र म्युचुअल फण्डतर्फ ०.०१ अंको बढोत्तरी देखिएको छ । बाँकी रहेका १० उपसमूहहरुको घटेको छ ।
यसदिन सबैभन्दा धेरै नीर्जिवन बीमा समूहले २१४.८७ अंकले गुमाएको छ । दोश्रोमा जीवन बीमा उपसमूहले ११७.६३ अंकले गुमाएको छ । व्यापार समूहले ६४.२९ अंकले, माईक्रोफाइनान्सले ६०.०३ अंकले र विकास बैंक उपसमूहतर्फ ५३.४६ अंकको गिरावट देखिएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढि हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ९९ लाख ३७ हजार ४०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




