नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईद्धारा शपथ ग्रहण

-



     सफल आवाज    
     चैत्र २३ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २३ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । आज बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २०७८ चैत्र २१ गते सोमबार, वीरगञ्जमा सम्पन्न २१औं वार्षिक साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियाे ।