
रौतहट, २४ चैत । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति यहि चैत्र १९, २० र २१ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१०, वरेडवामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका–१० का वडा सदस्य प्रभु चौधरी, अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरी र वडा अध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।
कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा चन्द्रपुर नगरपालिका–१०, वरेडवाका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका मधेश प्रदेशका प्रमुख हुलास यादव सहित कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।
त्यस्तै, इन्स्योरेन्सको आयोजनामा चैत्र २२, २३ र २४ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा २९ जना बीमा अभिकर्ताहरुको सहभागिता रहेको बताइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




