एन आई सी एशिया लघुवित्तको सर्वश्रेष्ठ सबल बचत खाता संचालनमा

- सबैभन्दा धेरै १३ प्रतिशत सम्म ब्याजदर

-



     सफल आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ चैत । देशको दुरदराजमा रहनुभएका लाखौं सेवाग्राहीहरूको माझ साथी संगै, सबल बन्दै भन्ने मूलनाराका साथ वित्तीय कारोबार गर्दै आइरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले चैत्र २३ गते बाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राहीसदस्यहरुका लागी ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

आम जनमानसको वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी संस्थाको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप सेवाग्राहीमैत्री, प्रभावकारी तथा वित्तीय क्षेत्रकै उत्कृष्ट बनाउने अभिप्रायका साथ संस्थाले सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा ल्याएको हो ।

सर्वश्रेष्ठ सबल बचत खाता खोल्ने सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशत सम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा समेत प्राप्त गर्न सक्नेछन् । वित्तीय क्षेत्रमै नयाँ अभ्यासको सुरुवात गर्दै संस्थाले सर्वश्रेष्ठ सबल बचत खाता खोल्ने सेवाग्राही सदस्यहरुले तोकेबमोजिमको फारम भरेर संस्थाको जुन सुकै शाखा कार्यालयबाट पैसा निकाल्न र जम्मा गर्न सक्नेछन् र पैसा, जम्मा गर्दा र निकाल्दा कुनै पनि शुल्क नलाग्ने संस्थाले जनाएको छ ।