
काठमाडौं, २५ चैत । अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले काल कायम रहेको १ कित्ता बराबर नयाँ ०.३९३६ रेसियोमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
अपिले रुपैयाँ १०० मूल्य अंकित दरले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
कम्पनीले सेयर निष्काशनको प्रयोजनका लागि चैत १४ गते बुक क्लोज गरेको थियो । चैत १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयरका लागि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक इटहरी, पोखरा नागढुंगास्थित शाखा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विारटनगर तथा जनकपुर शाखाबाट आवेदन दिन सकिने भएको छ ।
यस्तै ग्लोबल आइएमई बैंक बैतडी, दार्चुचा, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीयाको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
हकप्रदमा लगानी गर्न चाहने सेयरधनीहरुले वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हाल २ अर्ब ८९ करोड १५ लाख ५४५ रुपैयाँ चुक्ता पूँजी रहेको छ । सेयर बिक्रीपछि चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ४५ रुपैयाँ पुग्नेछ ।
अपि पावरको हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




