
पोखरा, २६ चैत्र । गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चले पोखरामा एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङलाई अभिनन्दन गरेको छ।
गुरुङ समुदायका दुई गुरुङले विशेष जिम्मेवारीमा रहेकाले गुरुङ लगायत यस क्षेत्रकै गौरब अभिवृद्धि गरेको भन्दै मञ्चले अभिनन्दन पत्र, फेटा,भाङ्ग्रा, मालाबाट अभिनन्दन गरिएको हो। उनीहरुलाई मञ्चका अध्यक्ष रत्नमान गुरुङ र सल्लाहकार प्रमुख एवम निर्वतमान अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले अभिनन्दन गरेका हुन । यसअघि अभिनन्दित व्यक्तित्वहरुको जीवनीको बारेमा मञ्चका अध्यक्ष रत्नमान गुरुङले चर्चा गरेका थिए ।
कार्यक्रममा अभिनन्दित प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आत्मोन्नतिको अभियानमा बौद्धिक व्यक्तित्वहरुको संस्था नै स्थापना गरी अघि बढेकोमा खुशी व्यक्त गरे। उनले बौद्धिकताले नै समुदाय, समाज, मुलकुलाई हाँक्न र मार्गनिर्देशन गर्नुपर्ने बताए। संस्थाका नामका बारेमा उनले केही सुझाव समेत दिए।
अर्का अभिनन्दित कुलपति प्रा.डा.गणेशमान गुरुङले तमु एकता, शिक्षा, निजामती सेवा, व्यवसायिकतातर्फ अघि बढाउन गुरुङ प्राज्ञिक मञ्चले भुमिका खेल्नुपर्ने बताए। राजनीतिमा चासो राख्ने, नेतृत्व सम्हाल्ने र तमुहरुलाई जागरण गर्न पनि मञ्चले प्रोत्साहित गर्न उनको भनाई थियो।
मञ्चका अध्यक्ष रत्नमान गुरुङको अध्यक्षता, सचिव कमल गुरुङको संचालन र उपाध्यक्ष अधिवक्ता अनिता गुरुङले स्वागत गरेकी थिइन । कार्यक्रममा गोरखा स्मारक ट्रष्टका महासचिव डा.चन्द्रबहादुर गुरुङ, मञ्चका सल्लाहकार प्रमुख तथा निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ, सल्लाहकार तथा बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



