फिस्टेल एकेडेमीको एक दिने ‘ओपन डे’ सम्पन्न, नेपालकै उत्कृष्ट बिद्यालय-महानायक राजेश हमाल

-



     सफल आवाज    
     चैत्र २६ गते २०७८ मा प्रकाशित



पोखरा, २६ चैत्र । नेपाली सिने क्षेत्रका महानायकको रुपमा चित्रित राजेश हमालले बिद्यार्थिको उत्कृष्ट भबिष्य निर्माणका लागि अभिभावकले बिद्यालय र विद्यार्थीको मनोबैज्ञानिक भावना बुझेर आफ्नो काम व्यबहार अपनाउनु पर्ने बताएका छ्न्। उनले अभिभावकले बाताबरण मात्रै बनाउदैमा यथेष्ट नहुने भन्दै असल सिकाइको बाताबरण बनाउन सहि बिद्यालय छनोटमा ध्यान दिन आग्रह गरे ।

योजनायुक्त बिद्यालय, सचेत अभिभावक र लगनशील बिद्यार्थी नै सबल भविश्यकाे पर्याय भएको उनको भनाइ थियो । हमालले सो कुरा पोखरा महानगरपालिका बिरौटास्थित फिस्टेल एकेडेमीद्वारा शनिबार आयोजित एक दिने “ओपन डे” कार्यक्रमको उद्घाटन गर्दै बताएका हुन । नेपाली चलचित्रमा बौद्धिक नायककोसमेत छवि बनाएका हमालले बिद्यालय, अभिभाबक र बिद्यार्थीहरुको कर्तव्य र दायित्वका बारेमा प्रकाश पार्दै स्थानिय अभिभावक र विद्यार्थीहरुसङ्ग अन्तर्कृया समेत गरेका थिए।

हमालले गुणस्तर र भौतिक पुर्बाधार अबलोकन पश्चात् नेपालकै उत्कृष्ट बिद्यालय भन्न आफुलाइ कुनै अप्ठ्यारो महसुस नहुने प्रतृक्रीया दिए। सो बिद्यालयका पूर्ब बिद्यार्थी डा. हरि शर्माले आजको फिस्टेलको शैक्षिक उचाइसङ्गै अब भौतिक पूर्बाधार समेत अन्तरास्ट्रिय गुणस्तरमा उत्कृष्ट रहेकोले अभिभावकलाई निर्धक्ककासाथ आफ्ना बाबू नानिहरुको अब्बल भबिस्यका लागि आश्वस्त हुने ठाउँ रहेको जिकिर गरे । शर्माले फिस्टेल अब पोखराकै गर्व गर्न लायक उदाहरणिय सम्पदा बनेको भन्दै यसको संरक्षण गर्ने दायित्वसमेत पोखरा र गण्डकीबासिको भएको बताए।

बिद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले गण्डकी प्रदेशमा अन्तरास्ट्रिय मापदण्ड र भौतिक पूर्बाधार सहितको बिद्यालय स्थापना र संचालन गर्ने आफ्नो इच्छा पूरा भएको भन्दै निरन्तरको गुणस्तर र सहकार्यका लागि सदैब लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे। रानाभाटले बिगत र बर्तमानमा सहयोग र सहकार्यमा जुट्ने अभिभावक र सम्बद्ध सबैमा आभार ब्यक्त गर्दै आम पोख्रेलिको सपना पूरा गर्न पाएकोमा गर्व महसुस भएको उल्लेख गरे।

सो अबसरमा बिद्यार्थिहरुले तयार पारेका हस्तकला, शैक्षिक सामाग्री प्रदर्शन गरिनुका साथै विभिन्न खानाका फुड स्टलहरु राखिएको थियो । बिद्यालयमा अध्ययनरत तथा गायन क्षेत्रमा ख्यातिप्राप्त पूर्ब बिद्यार्थीहरु मुस्कान रानाभाट, सौगात गुरुङ, कपिल पुन, गायक एलेक्स नेपाली लगायतले गीत नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।