
काठमाडौं, २७ चैत । रिभर फल्स पावरले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना क्षेत्र रहेको संखुवासभा जिल्लाका आयोजना प्रभावित जनताका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले रुपैयाँ १०० मूल्य अंकित ७ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले छिटोमा वैशाख ११ गतेसम्म र ढिलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले संखुवासभास्थित रिभर फल्स पावरको कार्यालय, पाइम कमर्सियल बैंक खाँदवारी, तुम्लिङटार र सभापोखरीमा रहेका शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै खाँदवारीको प्रभु बैंक र ग्लोबल आइएमई बैंकबाट आवेदन दिन पाईने छ ।
यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन पेश गर्न सकिने भएकाे छ । लगानी गर्न चाहनेले घटिमा १० तथा बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




