बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     चैत्र २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
छापावाला सुन तोलामा रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ८०० ले बढेर तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुनको भाउ ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलामा रुपैयाँ १० ले बृद्धि भई प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ शुक्रबार तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।