राष्ट्र बैंकले आज १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै

-



     सफल आवाज    
     चैत्र २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ चैत । राष्ट्र बैंकले आज सोमबार १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्न लागेको छ । राष्ट्र बैंकले मंगलबार जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको लागि बोलकबोल आज गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो बिल २०७९ साल असार २८ मा परिपक्व हुने भएको छ ।

यस्तै १८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँको बिल जारी हुँदैछ । यो बिल २०७९ साल असोज महिनाको २५ गते परिपक्व हुनेछ ।

बैंकले ३६४ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । यो बिल २०७९ साल चैत २८ गते पपिक्प हुनेछ ।

राष्ट्र बैंकले तीनवटै बिलको बोलकबोल अनलाईमार्फत दिउँसो ३ बजे गर्दैछ । यसका लागि बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले सहभागिता जनाउन सक्नेछन् ।

बैंककाे ट्रेजरी बिल १ वर्ष वा त्योभन्दा कम समयको लागि आन्तरिक ऋण उठाउनका लागि गरिने अल्पकालका लागि जारी गरिने ऋणपत्र हो ।