
काठमाडौं, २८ चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली बजारमा सुनको भाउ घटेकाे छ । सुनमा रुपैयाँ २०० ले गिरावट भएको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुनको भाउ रुपैयाँ २०० ले घटेर तोलाको रुपैयाँ १ लाख १०० निर्धारण भएको जनाएको छ । यसअघि आईतबार छापावाला सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँ कायम भएकाे थियो ।
तेजाबी सुन तोलाको ९९ हजार ६०० रुपैयाँ तोकिएको छ । आईतबार तेजाबी सुन तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि चाँदी सोहि भाउमा खरिदबिक्री भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




