कारोबार भएकाे पहिलो दिन सेयर बजार राताम्मै, नेपाल लाईफले गर्यो साढे १६ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ चैत । साताको सेयर कारोबार हुने दोश्रो दिन तर यो साताको लागि कारोबार भएको पहिलो दिन सोमबार नेप्सेमा अत्याधिक गिरावट भएको छ । आइतबार सार्वजनिक बिदाका कारण बजार बन्द रहेकाे थियाे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि सेयर बजारमा छिट्टै सुधार हुने एकथरीको अपेक्षा गरिएको भएपनि त्यो आकांक्षा भने आजको ओरालो लागेको दृश्यले मेटाईदिएको छ ।

यतिबेला अधिकारीको बर्हिगमनको चर्चा ठीक र बेठीकमा बाँडिएर हुने गरेको छ । एकथरिले उनी गएपछि बजारमा सुधार आउँछ भन्ने छ भने अर्कोथरिको अधिकारीलाई हठाएर सरकारले गल्ति गरेको भन्ने रहेको छ ।

यस्तैमा एमाले पूर्व तीन अर्थमन्त्रीहरुले वर्तमान सरकारको कारण अर्थतन्त्रमा संकटमा परेको बताए भने सरकारी पक्षले सबै मिलेर अर्थतन्त्रलाई सहि दिशामा लैजान कस्सिनु पर्ने बताएको छ ।

नेपाल स्टक एक्सचेन्जले यसदिन नेप्से परिसूचक ४४.५६ अंकले घटेर २४१९.८० विन्दुमा झरेको जनाएको छ । नेप्सेमा १.८१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ८.८७ अंकले घटेर ४५४.८७ विन्दुमा रहेको छ ।

कुल २३३ कम्पनीको सेयर कारोबार भएको छ । ५० लाख ९५ हजार ८३४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरु सबै राताम्मै भएका छन् । सबैको सेयर घटेको छ । सबैभन्दा जीवन बीमा समूहको ४३१.८२ अंकले गिरावट देखिएको छ । नीर्जिवन बीमातर्फ १५५.५९ अंकले र तेश्रोमा अन्य समूहतर्फ ९१.०४ अंको गिरावट देखिएको छ ।

बजार राताम्मै हुँदा नेपाल लाईफ इन्स्योरेन्सले भने सबैभन्दा बढी कारोबार गरेको छ । कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।