काठमाडौं, २९ चैत । बलेफी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको सेयरको बाँडफाँड मंगलबार आज बिहान ९ बजेदेखि हुँदैछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजेदेखि नक्शालस्थित कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो । सेयर बाँडफाँडको तयारीको काम शुक्रबार सकेर कम्पनीले आज सेयर बाँढफाँड गर्न लागेको हो ।
बलेफीको सेयरमा २२ लाख ६९ हजार ४१६ जनाको आवेदन परेको सिडिएस एण्ड क्लीयरिङले जनाएको छ । सो आवेदनबाट २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन परेको थियाे । यो माग गरेभन्दा १५.७६ गुणा बढी हो ।
कम्पनीले माग गरेको सेयरभन्दा आवेदन धेरै पेश भएकोले बाँडफाँड गोलाप्रथाबाट हुँदैछ । यसअनुसार १ लाख ६६ हजार ३४५ जनाले सेयर पाउने देखिन्छ भने बाँकी रहने २१ लाख ३ हजार ६८ जनाको हात रित्तै हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




