उपकार लघुवित्तको आईपीओमा ९४.९४ गुणा ओभरसब्सक्राईब्ड

-



     सफल आवाज    
     चैत्र २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ चैत । उपकार लघुवित्तको आईपीओमा मागभन्दा अधिक संख्यामा आवेदन परेको छ । मंगलबार बिहानसम्मको अवस्थालाई हेर्ने हो भने संस्थाको आईपीओमा ९४.९४ गुणा ओभरसब्सक्राईब्ड भएको छ ।

लघुवित्तले चैतको २५ देखि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । रुपैया १०० मूल्य अंकित दरमा २ लाख ३६ हजार २५० कित्ता सेयर निष्कान गरिएको थियो ।

कुल सेयरमध्ये ३ हजार २८१ कित्ता ससेयर कर्मचारीको लागि रहेको छ । ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहने २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि रहेको छ ।

अहिलेसम्म लघुवित्तको सेयरमा १८ लाख ३८ हजार ५३२आवेदकले २ करोड ९ लाख ९६ हजार २०० कित्ता सेयरको लागि आवेद दिएका छन् । यो माग गरिएकोभन्दा ९४.९४ गुणा बढी माग हो ।

सेयरमा मागभन्दा बढी आवेदन परेकोले यसको बाँडफाँड गोलाप्रथाबाट हुनेछ । २२ हजार ११५ आवेदकले १० कित्ताका हिसाबले सेयर पाउनेछन् । ६ जनाले भने एक एक कित्तामा चित्तमा बुझाउने छन् ।

लघुवित्तको सेयरमा आवेदन दिने अन्तिम मिति आजसम्म रहेको छ । आवेदकले घटिमा १० तथा बढिमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।