
काठमाडौं, २९ चैत । साताको सेयर बजारको कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । होटल तथा पर्यटन उपसमूह बाहेक सबै राताम्मै भएका छन् । कारोबार रकम भने सुधार भएको देखिएन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेको छ । नेप्सेमा १.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.५२ अंकले घटेर ४४९.३६ विन्दुमा रहेको छ ।
कुल २३७ कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख ८३ हजार २४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको मात्रै सेयर बढेको छ । यो समूहको ३.१४ अंकले बृद्धि भएको छ । बाँकी रहेका १२ वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड ७५ लाख १ हजार ५५० रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




