उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० चैत । उपकार लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिनका लाजि आज अन्तिम दिन बाँकी रहेको छ । संस्थाले चैत २५ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको थियो ।

लघुवित्तले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कुल सेयरमध्ये ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुको लागि रहेको छ । ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । त्यसबाट बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ ।

प्रतिसेयर रुपैयाँ १०० मूल्य अंकित दरमा घटिमा १० कित्ता तथा बढिमा १ हजार कित्ताका लागि आवेदन दिन पाईने भएको छ । सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ रुपैयाँ बराबरको आईपीओ निष्काशन गरिएको थियो ।

चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि संस्थाको चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार पुग्नेछ ।