उपकार लघुवित्तको आईपीओमा पर्यो २४ लाख बढीको आवेदन

-



     सफल आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ वैशाख । उपकार लघुवित्त वित्तीय संस्थाले निष्काशण तथा बिक्रीमा ल्याएको आईपीओमा २४ लाख बढीको आवेदन परेको छ ।

लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० आवेदन परेको हो । सो आवेदनबाट २ अर्ब ७५ करोड ६५ लाख २३० कित्ता सेयरको लागि आवेदन पेश भएको छ । यो संख्या सर्वसाधारणका लागि बिक्रीमा ल्याईएको २ लाख २१ हजार १५६ कित्ताको १२४.५४ गुणा अधिक हो ।

संस्थाले चैत २५ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको थियो ।

लघुवित्तले सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कुल सेयरमध्ये ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुको लागि रहेको छ । ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । त्यसबाट बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि रहेको थियो ।

प्रतिसेयर रुपैयाँ १०० मूल्य अंकित दरमा घटिमा १० कित्ता तथा बढिमा १ हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि संस्थाको चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार पुग्नेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ