माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्र अब २४ सै घन्टा खुला

-



     सफल आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ वैशाख । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रलाई २४ सै घन्टा खुल्ला राख्ने बताएको छ । यो सेवा हप्तामा सातै दिन कायम रहने भएको छ ।

बैंकले ग्राहकको सुविधाको लागि विभिन्न समयमा विभिन्न सेवाहरु ल्याउँदै आएकोमा पछिल्लो यो नयाँ सेवाबाट ग्राहकहरुले आफ्नो अनुकुलको समयमा सेवा लिन र कुनै पनि सूचना पाउने भएका छन् ।

बैंकले देश तथा विदेशका रहेका बैंकका ग्राहकलाई सूचनाको पहुँचको लागि फोन नं पनि उपलव्ध गराएको छ । बैंकको ०१ ५९७०५५५ नं मा फोन गरेर बैंकिङ सेवाका बारेमा सोधपुछ गर्न सक्नेछन् ।

बैंकले देशभर १६४ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेका छन् भने १६५ वटा शाखारहित बैंकिङ सेवा र २०३ वटा एटिएमबाट १३ लाख बढि ग्राहकले सेवा लिईरहेका बै‌कले जनाएकाे छ।