
न्यूयोर्क, ३ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरे उनका प्रवक्ताले जानकारी दिएका छन् ।
जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जना भन्दा बढी व्यक्ति घाइते भएका छन्। यसैबीच मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदारहरू र पक्षहरूसँग नजिकको सम्पर्कमा कायम राखेका छन् ।
गुटेरेसले संयुक्त राष्ट्रसंघका सान्दर्भिक प्रस्ताव, अन्तरराष्ट्रिय कानून र द्विपक्षीय सम्झौताको आधारमा द्वन्द्व समाधान गर्न प्यालेस्टिनी र इजरायलीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको विज्ञप्तिमा जनाइएको छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




