
काठमाडौं, ४ वैशाख । नयाँ वर्ष २०७९ को सेयर कारोबार भएको पहिलो दिन आईतबार सेयर बजार राताम्मै भएको छ । कारोबार रकममा पनि कमि भएको छ ।
अघिल्लाे वर्षको अन्तिम चैत ३० गते नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै नेप्सेमा हरियाली छाएको दृश्य यसदिन देखिएला भन्ने लगानीकर्ताको अपेक्षा अनुसारको नभइ उल्टो भईदियो । अर्थात सेयर बजार ओरालो लाग्यो र कारोबार रकमा पनि गिरावट भयो । बिहिबार बजार बन्द हुँदाको बेलाकोभन्दा तीन कराेड बढीकाे घटीले यसदिन कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५ विन्दुमा झरेको छ । नेप्सेमा १.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.१२ अंकले घटेर ४५०.९७ विन्दुमा रहेको छ ।
कुल २३३ कम्पनीको सेयर कारोबार भएको छ । ३४ लाख ७ हजार २७२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो वर्षको अन्तिम कारोबार भएको दिन बिहिबार कारोबार रकम १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
१३ वटै उपसमूहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । सबैभन्दा धेरै जीवन बीमा उपसमूहतर्फ २००.८७ अंकको गिरावट देखिएको छ । दोश्रो धेरै गुमाउनेमा नीर्जिवन बीमातर्फ १२०.६५ अंकको र तेश्रोमा धेरै गुमाउनेमा उत्पादनतर्फ ८८.८ अंकको, चौथोमा होटल तथा पर्यटन उपसमूहको ६३.२४ अंकको र पाँचौमा धेरै गुमाउनेमा हाईड्रोपावर उपसमूह ६०.९३ अंकले रहेकाे छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको यसदिन ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




