फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     वैशाख ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाला सुनमा ५०० रुपैयाँ तथा चाँदीमा ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएर तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन आईतबार छापावाला सुनको भाउ स्थिर रहेर कारोबार भएको थियो । सुन तोलाको १ लाख २००० रुपैयाँ तोकिएको थियो ।

यसदिन तेजाबी सुनको भाउ तोलाको १ लाख २००० रुपैयाँ तोकिएको छ । आईतबार तेजाबी सुनको भाउ तोलाको १ लाख १ हजार ५०० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदीको भाउ तोलाको १ हजार ४१५ रुपैयाँ कायम भई कारोबार भएको थियो ।