
काठमाडौं, ५ वैशाख । साताको सेयरको कारोबार हुने दोश्रो दिन साेमबार पनि सेयर बजार ओरालो लागेको छ । कारोबार रकममा अघिल्लाे दिनकाे तुलनामा झिनो सुधार भएकाे छ । आइतबार नेप्सेमा १ अर्ब ४४ कराेड बढिकाे काराेबार भएकाेमा यसदिन ९ कराेड बढि थपिएकाे छ
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा झरेको छ । नेप्से १.७५ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ६.८२ अंकले घटेर ४४४.१५ विन्दुमा रहेको छ ।
यसदिन २२९ कम्पनीको सेयर कारोबार भएको छ । ३८ लाख ७६ हजार ३०२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहमा सबैमा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । सबैभन्दा धेरै नीर्जिवन बीमातर्फ ३४२.३७ अंकको गिरावट भएको छ । दोश्रोमा जीवन बीमा समूहतर्फ २६३.९६ अंकको गिरावट भएको छ । तेश्रोमा उत्पादनतर्फ ९३.४४ अंकको गिरावट भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको ४ करोड ९६ लाख २६ हजार ५५५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



