
काठमाडौं, ९ वैशाख । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भने घटेको छ ।

नेपाल सुनचँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनको भाउ स्थिर रहेको र चाँदीमा रुपैयाँ २० ले गिरावट भएको जनाएको छ ।
छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुनको भाउ पनि सोहि रहेकाे थियो । तेजाबी सुन तोलाको १ लाख ४०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन पनि बिहिबार सोहि भाउमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीमा रुपैयाँ २० ले गिरावट भई तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




