आइएमई जनरल इन्स्योरेन्सको २४औं साधारण सभाबाट ७.३७ प्रतिशत लाभांश पारित

-



     सफल आवाज    
     वैशाख ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । आइएमई जनरल इन्स्योरेन्सको २४औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौं लैनचाैरस्थिर लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभाले ७.३७ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।

संचालक समितिले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुको लागि ७ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव गरेको थियो ।

यस्तै साधारण सभाले चुक्ता पूँजीलाई २ अर्ब ५० करोड पुर्याउने विशेष प्रस्तावलाई पनि पारित गरेकाे छ । संचालक समितिका अध्यक्ष हेमराज ढकालले नीर्जिवन बीमाका विभिन्न सेवाहरु र गुणस्तरको काम हुँदै आएको बताए ।

ढकालले निर्यातमा कमि र आयातका हुने बृद्धिले व्यापार घाटा सहनु परेको बताउँदै विदेशी मुद्राको स्टक सकिने अवस्थामा पुगेको बताए । ढकालले अर्थतन्त्रमा महत्वपूर्ण मानिएको रेमिट्यान्सको प्रवाह पनि ऋणात्मक भएको र जस्को कारण लगानी योग्य पूँजीको अभाव भएको छ ।

कार्यक्रममा लघु बीमा, कृषि बीमा, पशु बीमा लगायतका सेवालाई जनताको पहुँचमा पुर्याउन देशका सबै प्रदेशमा शाखा खोलिएको जानकारी दिईएको थियो ।

प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले आन्त्रिक प्रणालीलाई चुस्त दरुस्त बनाउँदै प्रधान तथा शाखा कार्यालयहरुबाट डिजिटल प्रविधिको उपयोग र त्यस्काे व्यवश्थापन भइरहेकाे बताए ।