घट्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुनको भाउमा रुपैयाँ ४०० ले घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४०० घटेर तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । स्थिर रहेको चाँदी शुक्रबारकै भाउ तोलाको १ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।