
काठमाडौं, ११ वैशाख । साताको सेयरको कारोबार हुने पहिलो दिन आईतबार सेयर बजारमा छाएको हरियालीसंगै लागनीकर्तामा खुशि थपिएको छ ।
नेप्सेमा ९५.४६ अंकको बृद्धिले अब सेयर बजार सकारात्मक लयमा जाने अपेक्षा गरिएको छ । नेप्सेमा दोहोरो अंकको बृद्धिसंगै अन्य दिनको तुलनामा कारोबार रकममा पनि बृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा उक्लिएको छ । नेप्से ४.११ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स १७.७४ अंकले बढेर ४६०.८८ विन्दुमा पुगेको छ ।
कुल २३८ कम्पनीको कारोबार भएको छ । ६६ लाख ३९ हजार ५०४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढि सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार भएको छ । कारोबार २२ करोड १० हजार रुपैयाँ बराबरको भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




