
पोखरा, ११ बैशाख । नबिल बैंक लिमिटेडले पाेखरा महानगरपालिका मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं–५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रको समृद्धिका लागि बैंकले गरेको सेवा प्रवाह स्वागत योग्य भएको बताए ।
बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीहरुका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आइरहेको बताइन् । उनले गण्डकी प्रदेशमा बैंकका १६ वटा शाखा रहेको र थप विस्तार गर्ने योजना सुनाइन् ।
बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोकाले विगत ३७ बर्षदेखि ग्राहकहरुकै विश्वासका कारण नेपालकै अग्रणी बैंक बन्न सफल भएको बताए । बैंकका देशभर१ सय ४६ शाखा रहेको र ११ लाख ग्राहक संख्या रहेको उनले बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



