
काठमाडौं, १२ वैशाख । एनएमबि बैंकले फेरि उर्जा ऋणपत्र बिक्रीमा ल्याउन लागेको छ । बैंकले वैशाख २१ गतेबाट १५ वर्षको अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । बैंकले गएको जेठमा पनि ऋणपत्र बिक्रीमा ल्याएको थियो ।
सो ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गरिने भएको छ । जो “एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/०९४” नामको रहेको छ ।
बैंकले बिक्रीमा ल्याउन लागेको प्रतिकित्ता १००० को दरले ३५ लाख कित्ता रहेको छ । त्यसबाट २१ लाख्र व्यक्तिगत किसिमले बिक्री हुनेछ भने बाँकी रहने १४ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । यस्तै ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहने तेह लाख तीस हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन ।
लगानी गर्न चाहनेले घटिमा पच्चिस र बढिमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन । यसका लागि वैशाख पच्चिससम्म आवेदन दिन सकिने छ भने ढिलोमा जेष्ठ ४ गतेसम्म आवेदन दिन पाईने छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




