
काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएकाे देखिएकाे छ । अघिल्लो दिनमात्रै नेप्सेमा ९४.४६ अंकको उछाल देखिएकोमा आज भने ३४.९५ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । नेप्सेमा १.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.१९ अंकले घटेर ४५४.६९ विन्दुमा झरेको छ ।
कुल २३९ कम्पनीको सेयर कारोबार भएको छ । ५० लाख ४७ हजार ७६९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटा उपसमूहमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डतर्फ मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहमा रातो लागेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ११ लाख ९१ हजार ८२४.८० रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




