गरिमा क्यापिटलको छैटाैं साधारण सभा सम्पन्न, अध्यक्षमा दिपक पाण्डेय चयन

-



     सफल आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ वैशाख । गरिमा क्यापिटलको छैटाैं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । सभाले आ.व. २०७७-७८ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७-७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको बताइएकाे छ।

सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकहरू निर्वाचित भएका छन। जसमा दिपक पाण्डेय, रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठ रहेका छन।

सभापछिकाे बाेर्ड बैठकले दिपक पाण्डेयलाइ अध्यक्षमा चयन गरेकाे छ ।