२ अर्ब २० करोडको ऋणपत्र बिक्रीमा ल्याउदै सेञ्चुरी बैंक

-



     सफल आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ बैशाख । सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेबाट वार्षिक साढे १० प्रतिशत ब्याजदरको ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ को निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । यसको अवधि १० वर्षका लागि रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो ।

उक्त ऋणपत्रमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि रहेको छ । बाँकी रहने १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता ऋणपत्र बैंकले व्यक्तिगत किसिमले बिक्री गर्ने भएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रबाट १० हजार कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ ।

ऋणपत्रमा छिटोमा वैशाख २५ तथा ढिलोमा जेष्ठ ४ गतेसम्म आवेदन दिन सकिने भएको छ । लगानी गर्न चाहने लगानीकर्ताले घटिमा २५ तथा बढिमा ८ लाख ७० हजार कित्ता ऋणपत्रमा लगानी गर्न पाउने छन् । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।