घट्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ काराेबार ?

-



     सफल आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

छापावाल सुनमा यसदिन तोलामा रुपैयाँ ९०० ले घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ९०० ले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ नै कायम भएकाे थियो ।