
काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ लगानी गर्ने जानकारी गराएको छ । राष्ट्र बैंकले बैंकको विभिन्न कोषमा जम्मा भएको रकम २ अर्ब ५ लाख रुपैयाँ मुद्धती निक्षेप शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरुको लागि मात्र १ अर्ब ६० करोड ५ लाख लगानी गरिने भएको छ ।
राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र फाइनान्सका लागि १० करोड रुपैयाँ मुद्धति निक्षेपमा राखिने भएको हो । मुद्धति निक्षेपमा रकम राख्न चाहनेले आफुले चाहेको रकम खुलाएर ब्याजदर प्रस्ताव गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकले जनाए अनुसार यस योजनामा सहभागि हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले यहि वैशाख २० गते राति १२ वजेसम्म राष्ट्र बैंकमा ब्याजदरको प्रस्ताव इमेलबाट पेश गर्न सकिने छ ।
बैंकका अनुसार मुद्धतिमा यो लगानी २०७९ साल जेष्ठ ३ गतेबाट सुरू भइ २०८० साल जेष्ठ २ गतेसम्म अर्थात ३६५ दिनको लागि हुनेछ । यसका लागि बैंकले ताेकेका सर्तहरुलाई लागू गरेको हुनुपर्ने छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




